
धादिङ । धादिङ क्षेत्र नम्बर १ का संघीय सांसद तथा एकीकृत समाजवादीका नेता राजेन्द्र प्रसाद पाण्डेले मंगलबार संसदमा बोल्दै धादिङमा प्रहरीले लै तस्करलाई साथ दिईरहेको गम्भीर आरोप लगाएका छन् । ७ मिनेट ३७ सेकेण्ड संसदमा बोलेका पाण्डेले २ मिनेट २० सकेण्ड बंगलादेश घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए भने ३ मिनेट त्रिशुली नदिनमा अवैध रुपमा नदी जन्य पदार्थ उत्खनको विषय र २ मिनेट धुनीबेसी ९ स्थित ढुङ्गाखानीको विषयमा बोलेका थिए ।
के बोलेका थिए पाण्डेले संसदमा
पाण्डेले जिल्लाको सिडीओ, एसपी र प्रदेशको डिआईजी देखि एआईजी सम्मलाई यो वर्षाको समयमा पनि त्रिशुलीमा डोजर चलिरहेको जानकारी दिँदै रोक्न आग्रह गरें । उहाँहरुबाट यो काम भएन, प्रधान मन्त्री जो बनोस् गृहमन्त्री जो आओस् त्रिशुलीमा अवैध ढंगबाट नदिजन्य पदार्थ उत्खनन् भईरहन्छन् त्यहाँका तस्करहरुलाई कसैले केहि गर्न नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । म अहिले संसदमा बोलि रहेको छु यो बेलापनि गजुरी र गल्छी गाउँपालिकाको अमलेश्वर मन्दिर, पञ्चेश्वर मन्दिर, जिन्ते बगर, मान्टा बगर, श्यालटार, २८ किलो क्षेत्रको त्रिशुलीमा १० वटा डोजर चलिरहेको छ भने २५ वटा ट्रिफर र ट्रकले बालुवा बोक्ने काम गरि रहेको बताएका थिए ।
राजधानीको नाकैमा रहेको धुनीबेसी ९ स्थीत अवैध ढुङ्गाखानी प्रहरी कै संरक्षणमा चलिरहेको छ । गाउँपालिकाले यसो गर्न पाईदैन भन्दा प्रहरी नै तस्करहरु सँग मिलिरहेको भन्दै पाण्डेले सभामुखको ध्यानाकर्षण गराएका थिए ।