धादिङ नीलकण्ठका रमेश आचार्य एफएमटीसीको प्रमुखमा नियुक्त

Avatar photo
Dhadingpost
बुधबार, साउन ३०, २०८१

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ९, ज्यामिरे निवासी रमेश आचार्य, सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (FOOD MANAGEMENT & TRADING COMPANY LTD) को प्रमुखमा नियुक्त भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खुला प्रतिष्पर्धामार्फत छनौट भई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट मन्त्रीपरीषद्मा सिफारिस भइ मन्त्रीपरीषद्को बैठकले उनलाई प्रमुखमा नियुक्त गरेको हो । उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौँमा व्यवस्थापकको भूमिका निर्वाह गरि सकेका आचार्यले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । कम्पनीको उदेश्यअनुरुप उपभोग्य सामग्रीको सहज आपुर्ति तथा मूल्य स्थिरीकरणमा केन्द्रित भइ काम गर्ने आफ्नो पहिलो उद्धेश्य रहेको प्रमुख आचार्यले धादिङपोष्टलाई बताए ।

कम्पनीको नाममा रहेको अचल सम्पत्तिहरुको समूचित उपयोग गर्दे कम्पनीलाइ व्यवसायिक बनाउने, कम्पनीलाइ वित्तिय रुपमा सवल र सक्षम बनाउने, सार्वजनिक नीजी साझेदारी मोडलमा कगदकष्मष्बचथ अयmउबलष्भक हरु स्थापना गरी व्यापक रोजगारीका अवसरहरु सृजना गर्ने तर्फ आफ्नो जोड रहने उनी बताउँछन् ।