धादिङ । धादिङ गंगाजमुना गाउँपालिका घर भई हाल अमेरिका स्थित Gannon University in Erie PA मा अध्ययनरत दिपकला घले कार दुर्घटनामा परि घाईते भई हाल उपचारत छिन् ।
गम्भीर चोटपटक लागी लामो समय सम्म उपचार गर्नु पर्ने देखिएकोले धादिङ नेपाली समाज अमेरिकाको अनुरोधमा र सक्रियतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, पेनसल्भानिया च्याप्टरको नेतृत्व संकलित आर्थिक ११,७४२.६४ अमेरिक डलर घाईते दिपकला घलेलाई सहयोग गरिएको समाजका अध्यक्ष टकबहादुर रुवालीले धादिङपोष्टलाई बताए ।
अध्यक्ष रुवाली र महासचिव राममल्ल ठकुरीले समाजका तर्फबाट एक विज्ञप्ती जारी गर्दै यो सहयोग अभियान फन्ड बन्द भएको जनाउँदै सहयोग गर्ने १८८ जना सबैलाई धन्यावाद व्यक्त गरेका छन् । विज्ञप्ती मार्फत यो कार्यमा नेतृत्व प्रदान गर्ने आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, पेन्सलभानिया च्याप्टर अध्यक्ष जयन्द्र लामा र च्याप्टर समिति, गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव रामहरि अधिकारी र सह कोषाध्यक्ष दिवाकर पाण्डे प्रति धादिङ नेपाली समाज अमेरिका परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गरिएकाे छ ।