धादिङ अस्पतालमा २९ जना स्वास्थ्यकर्मी नियुक्त (सूची सहित)

Avatar photo
Dhadingpost
सोमवार, साउन २८, २०८१

धादिङ । प्रादेशिक धादिङ अस्पतालले ४४ जना स्वास्थ्य कर्मचारी को परिक्षाबाट अन्तिम नामावली फाईनल गर्दै नियुक्त गरेको छ । साउन पहिलो साता सूचना जारी गर्दै इच्छुकहरुलाई सपरिक्षामा सहभागि हुन आव्हान गरेको छ । नियुक्त हुने २९ जना स्वास्थ्यकर्मीहरु पाँचौं तह देखि नवौं तह सम्मका छन् ।

अन्तरवार्ताबाट नाम निकाल्न सफल भएकाहरुमा नवौँ तहका २ जना विशेषज्ञ चिकित्सक, आठौँ तहमा ६ जना मेडिकल अधिकृत र १ जना डन्टल सर्जन, विभिन्न विषयमा गरी सातौँ तहमा ३ जना, पाचौँ तहमा १८ जना छन् ।

धादिङ अस्पतालको स्वीकृत स्थायी दरवन्दीका रिक्त पदहरुमा करार सेवामा पदपूर्ति गर्न सूचना जारी भए अनुसार प्राप्त निवेदकहरुको अन्तरवार्तामा प्राप्त अंक र शैक्षिक योग्यता, तालिम र कार्यानुभावको अंक समेतलाई जोडी कायम भएको एममुष्ठ योग्यता क्रमको आधारमा स्वास्थ्यकर्मीहरु छनोट गरिएको अस्पतालका निर्देशक गगन अधिकारीले धादिङपोष्टलाई बताए ।

धादिङ अस्पतालमा नाम निकाल्न सफल स्वास्थ्यकर्मीहरु
१. विवेक श्रेष्ठ नवौं तह (अर्थोपेडिक सर्जन ), त्रिपुरासुन्दरी
२. विश्व दिपक रिजाल नवौं तह (स्वास्थ्य साइक्याटि), गेश्वरी मनोहराङ
३. सविन भण्डारी आठौं तह (मेडिकल अधिकृत), नीलकण्ठ
४.विजय बाबु धमला आठौं तह (मेडिकल अधिकृत), नीलकण्ठ
५. पूजा वास्तोला आठौं तह (मेडिकल अधिकृत), मोरङ
६. प्रियजन पाण्डे आठौं तह (मेडिकल अधिकृत), गजुरी
७. रमेश श्रेष्ठ आठौं तह (मेडिकल अधिकृत ) नीलकण्ठ
८. निशा भट्ट आठौं तह (डेन्टल सर्जन), नीलकण्ठ
९. धर्मेन्द्र शाह सातौं तह (मे.ल्याव टे), नीलकण्ठ
१०. संरचना कडेल सातौं तह (जनरल नर्सिङ), बेनीघाट रोराङ
११. मिशन रिजाल सातौं तह (रेडियोग्राफर), नीलकण्ठ
१२. सपना तामाङ पाचौं तह (मे.ल्या.टे), रुबीभ्याली
१३. सुवास छत्कुली पाचौं तह (मे.ल्या.टे,) त्रिपुरासुन्दरी
१४. शिरिप सिलवाल पाचौं तह (रेडियोग्राफर), सिद्धलेक
१५. रन्जना श्रेष्ठ पाचौं तह (रेडियोग्राफर), गल्छी
१६. अनिता सेढाई पाचौं तह (जनरल नर्सिङ), धुनीबेसी
१७. सगिता गुरुङ पाचौं तह (जनरल नर्सिङ), गंगाजमुना
१८. सन्तोषी रोका मगर पाचौं तह (जनरल नर्सिङ), दाङ
१९. पुजा गुरुङ पाचौं तह (जनरल नर्सिङ), गंगाजमुना
२०. सन्धया महत पाचौं तह (जनरल नर्सिङ), पोखरा
२१. एक बहादुर मगर पाचौं तह (जनरल नर्सिङ), नीलकण्ठ
२२. स्वस्तिका क्षेत्री पाचौं तह (जनरल नर्सिङ), नीलकण्ठ
२३. मुना कार्की पाचौं तह (जनरल नर्सिङ), नीलकण्ठ
२४. रिकिना बुढाथोकी पाचौं तह (जनरल नर्सिङ), नीलकण्ठ
२५. रेविका तामाङ पाचौं तह (जनरल नर्सिङ), ज्वालामुखी
२६. सरला काप्री पाचौं तह (हे.अ.), ज्वालामुखी
२७. सुजिता सिलवाल पाचौं तह (हे.अ.), नीलकण्ठ
२८.पवन अर्याल पाचौं तह (फार्मेसी), सिद्धलेक
२९. रमेश श्रेष्ठ पाचौं तह (मे.ल्या.टे), चितवन