धादिङ । नीलकण्ठ नगरपालिकाले आज एक विशेष कार्यक्रमका बीच ८ औं दक्षिण एशियाली (साफ) कराँते प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक विजेता धादिङ नीलकण्ठ नगरपालिकाका खेलाडीद्वय एरिका गुरुङ र समिक्षा ढुङ्गानालाई सम्मान गर्ने भएको छ ।
गत जुलाईमा भएको उक्त प्रतियोगितामा एरीकाले ६८ के।जि। समूहमा र समिक्षाले ५३ केजी तौल समूहका स्वर्ण जितेका थिए । उनीहरुलाई आज नगद सहित सम्मान गरिने नीलकण्ठ नगरपालिकाले जनाएको छ ।