जिल्ला प्रशासन धादिङ देशभरमा १४ औं

Avatar photo
Dhadingpost
बिहिबार, साउन २४, २०८१

धादिङ । जिल्ला प्रशासन कार्यलय धादिङ कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ९५.७५ अङ्कका साथ देशभरमा १४ औं भएको छ ।

गृह मन्त्रालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष सुरुआतसँगै कार्यसम्पादन सम्झौता गर्ने गरेका छन् । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायत ६६ वटा सूचकमा १०० पूर्णाङ्कमध्ये धादिङले उक्त अङ्क पाउँदै १४ औं भएको हो ।

देशभरमा रुपन्देहि ९८ अङ्क सहित पहिलो, पाल्पा ९७.५अङ्क सहित दोस्रो, ९७.६ अङ्क प्राप्त गरी बागलुङ तेस्रो भएको छ । यस्तै चौथोमा पश्चिम रुकुम ९७.५, पाँचौँमा ९७.३ अङ्कसहित मकवानपुर र पर्वत, छैठौँ, गुल्मी ९७, सातौँमा, तेह्रथुम ९६.८, आठौँमा रोल्पा ९६.७५, नवौँमा सोलुखुम्बू ९६.५, डडेलधुरा ९६.४ अङ्कसहित १० औँ नम्बर एघारौंमा ललितपुर ९६.१५ अंक ल्याएका छन् ।