धादिङ । गजुरी गाउँपालिका ६ स्थित आदमघाट सामुदायिक विकास समाज आदमघाटले श्रीलंकामा हुने नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता तथा अन्तर्राष्ट्रिय सेमिनारमा खेल्न जान लागेका धादिङका ६ जना खेलाडीलाई जीतको शुभकामना सहित विदाई गरेको छ । उनीहरु बिहिबार बिहान श्रीलंका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
उक्त प्रतियोगितामा धादिङका ६ सहित नेपालबाट १९ जना सहभागी हुँदै छन् भने टिमको मुख्य प्रशिक्षक बनेर धादिङ कै रमेश अधिकारी जाने छन् धादिङका आर्नव रेग्मी, मियन श्रेष्ठ, अञ्जन श्रेष्ठ, समिर श्रेष्ठ,सन्देश श्रेष्ठ र रोनिश श्रेष्ठले प्रतियोगितामा भाग लिने छन्
प्रमुख प्रशिक्षक धादिङका रमेश अधिकारीको नेतृत्वमा धादिङका ६ जना सहित नेपालबाट १९ जना कराते खेलाडी सहभागी हुने उक्त प्रतियोगिता अगष्ट १० देखि १९ सम्म श्रीलंकामा हुने छ ।