धादिङ । नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक धादिङका रमेश अधिकारीको नेतृत्वमा धादिङका ६ जना सहित १९ जना कराते खेलाडी OSS! नबौ अन्तराष्टिय सेमिनार तथा टुर्नामेन्टका लागि साउन २४ गते श्रीलंका जाने भएका छन् ।
प्रशिक्षक अधिकारीका अनुसार धादिङबाट कराते खेलाडीहरु आरनभ रेग्मी, मियन श्रेष्ठ, अञ्जन श्रेष्ठ, समिर श्रेष्ठ, सन्देश श्रेष्ठ, रोनिश श्रेष्ठ सहित नेपालबाट उक्त प्रतियोगितामा भाग लिन श्रीलंका जाने भएका हुन् ।
नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, उपाध्यक्ष डा. ओम प्रसाई, वरिष्ठ प्रमुख प्रशिक्षक दिपक श्रेष्ठ, संघका अध्यक्ष विदुर कुवरले आज एक कार्यक्रमका बीच श्रीलंका जाने प्रशिक्षक रमेश अधिकारी सहित खेलाडीहरुलाई जितको अग्रिम शुभकामना दिँदै विदाई गरेका छन्, भने भोली साउन २३ गते धादिङको गल्छी, गजुरी र सिसद्धलेक गाउँपालिकाले धादिङबाट जाने खेलाडीहरुलाई विदाई गर्ने कार्यक्रम राखेका छन् ।
प्रतियोगिता अगष्ट १० देखि १९ सम्म हुने छ ।