बेनीघाट रोराङले भाद्र १ र २ गते शैक्षिक गोष्ठी गर्दै

Avatar photo
Dhadingpost
सोमवार, साउन २१, २०८१

धादिङ । शैक्षिक वर्ष २०८१ लाई सिकाइ सुधार वर्षको रुपमा मनाउने निर्णय गरेको बेनीघाट रोराङ गाउँपालिकाले आगामी भाद्र १ र २ गते शैक्षिक गोष्ठी आयोजना गर्ने भएको छ र उत्त गोष्ठीमा वडाअध्यक्ष, शिक्षा समितिका सदस्य, प्रधानाध्यापकहरु र विषयगत समितिका संयोजकहरु सबैलाई बोलाईएको शिक्षा अधिकृत बोधराजले धादिङपोष्टलाई बताए ।

पालिकाका प्रमुख प्रशाससकीय अधिकृत नर्बदा घिमिरेले सूचा जारी गरि सक्नु भएको छ । तोकिएको समयमा सुर्योदय आधारभूत विद्यालय, वडा नम्बर ८, भुवाभञ्ज्याङ हुने उक्त आवासीय गोष्ठी प्रधानाध्यापकहरुले सिकाइ सुधार बर्ष २०८१ को लागि मेरो कार्ययोजना नामक शीर्षकमा १० मिनेट सम्मको पावरपोइन्ट प्रस्तुती राख्ने छन् उनले भने ।

पालिकाले विद्यालयहरुका लागि ५७ बुँदे निर्देशन, शैक्षिक सुधारका लागि ८८ बुँदे साझा मार्गचित्र, विषयगत शिक्षकबाट शैक्षिक बर्ष २०८१ का लागि लक्ष्य निर्धारण, समूह सुपरिवेक्षण, द्रुत परीक्षा-द्रुत नतिजा-द्रुत पृष्ठपोषण कार्यक्रम, एकिकृत आवासीय विद्यालयको शुरुवात, वडा शिक्षा समिति र विषयगत समितिको परिचालन, करेसावारी र फुलवारी कार्यक्रम, शिक्षक एक्सचेञ्ज कार्यक्रम, शिक्षक बैंकको स्थापना, लिडर फिडर विद्यालय अवधारणा, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन जस्ता पछिल्ला केही नमुना प्रयास गरि रहेको शिक्षा अधिकृत पाठकले बताए ।

बेनीघाट रोराङमा सामुदायीक ७३ र संस्थागत ५ गरी ७८ विद्यालय रहेका छन् भने यी विद्यालयमा चालु शैक्षिक वर्षमा १० हजार २७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।