धादिङ बार एसोसिएसनको अध्यक्षमा टंककुमार श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
शनिबार, साउन १९, २०८१

धादिङ । अधिवक्ता टंककुमार श्रेष्ठ धादिङ जिल्ला अदालत वार एसोसियसनको अध्यक्षमा चयन भएका छन् ।

३६ औं वार्षिक साधारण सभा तथा २० औं जिल्ला अधिवेशनबाट श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् ।

अधिवेशनबाट ९ उपाध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट, सचिवमा अधिवक्ता रामकृष्ण अधिकारी, कोषाध्यक्षमा अधिवक्ता खिल गिरी र सदस्यहरु अधिवक्ता विश्वराज अधिकारी अधिवक्ता गोपि अर्याल , अधिवक्ता अम्बिका घिमिरे श्रेष्ठ, अधिवक्ता विनोदमान श्रेष्ठ, दिनेश दुवाडी चयन भएका छन् ।