खेम लोहनी एमाले धादिङको इन्चार्ज

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १८, २०८१

धादिङ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले ३५५ नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । बैठकले ७७ वटै जिल्लादेखि निर्वाचन क्षेत्रका इन्चार्जको जिम्मेवारी तोकेको छ ।

धादिङका डा. प्रा. पुष्प कडेलले केन्द्रीय लेखा आयोगको अध्यक्षको जिम्मेवारी पाएका छन्, यस्तै खेमप्रसाद लोहनीले धादिङ जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् भने जानुका सिंखडालाई धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को इन्चार्जको जिम्मेवारी दिईएको छ । त्यसैगरी केन्द्रीय सल्लाहकार परिषद सदस्यमा धादिङका देवप्रसाद त्रिपाठीलाई चयन गरिएको छ ।

यस अघि खेम लोहनी सिन्धुलीको जिल्ला इन्चार्ज थिए भने जानुका सिंखडालाई पुरानै क्षेत्र र पुरानै जिम्मेवारीमा बैठकले निरन्तरता दिएको हो ।