विष्णु पुकारलाई राजदूतबाट फिर्ता बोलाउने सरकारको निर्णय

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १५, २०८१

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ लगायत ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको बैठकले २०७८ साल चैत्र २५ गते चिनका लागि राजदुतमा सिफारिस गरेको थियो ।

स्रोतका अनुसार यस अघि प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको माओवादी र एकीकृत समाजवादीको कोटाका राजदूतहरुलाई फिर्ता बोलाईएको हो । ओली नेतृत्वको सरकारले चीनमा लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।