लन्डन । धादिङ-नुवाकोट समाज यूकेले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम गरी वार्षिक समर भेटघाट कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न गरेको छ । उक्त वार्षिक समर भेटघाट कार्यक्रम अन्तरगत एकै दिन ५ चरणका कार्यक्रम भएको थियो ।
पहिलो चरणको कार्यक्रम शनिबार फेल्थम सामुदायिक कलेजमा बिहान ९ देखि १२ बजेसम्म एसेम्ब्लीसँगै वार्मअप मिटिङ, चौथो डीएनएस युथ तथा भेट्रेन फुटबल भएको थियो । फूटबलमा धागर्चोक टाइगर्स प्रथम, ह्योल्मो समाज यु के दोस्रो र नेपालीज ब्रदर्स फेल्थम तृतिय भएका थिए । विजयीहरुलाई क्रमस पहिलो पुरस्कार ३०० पाउन्ड, दोस्रो पुरस्कार २०० पाउन्ड र भेट्रेनका विजेतालाई १०० पाउन्ड पुरस्कार प्रदान गरिएको थियो ।
दोस्रो चरणको वर्म अप भेटघाट मिटिङ कार्यक्रम सोही दिन दिउँसो ३ बजे समर भेटघाट कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । संस्थाका महासचिव बुद्धि तामाङको उद्घोषणमा भएको उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष धन तामाङले गरेका थिए । भने उद्घाटन प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले दिप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा विभिन्न विश्वविद्यालयमा ग्र्याजुएट हुनेहरू र आजीवन सदस्य तथा सहयोगी दाताहरूलाई सम्मान गरिएको थियो ।
औपचारिक कार्यक्रममा हानवर्थ पार्क वार्ड हन्स्लोका काउन्सिलर विष्णु गुरुङ र श्रीमती सीता गुरुङको विशेष आतिथ्यता, धादिङ अन्तराष्ट्रिय समाजका अध्यक्ष राजन खकुराल, म्हेन्दो माया परिवार यूकेका अध्यक्ष हरिसिंह वाइबा, तमु समाज यूकेका अध्यक्ष विन्दु घले, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष रुद्र थापामगर, तामाङ सोसाइटी यूकेका उपाध्यक्ष विमला मोक्तान, समाजका सल्लाहकारहरू नारायण गुरुङ, राम गुरुङ, नरबहादुर घले, घले समाज यूकेका अध्यक्ष मेजर रिटयर्ड विष्णु घले, गोपिमान प्रधान, याम घले, तुल तामाङ, कमनसिंह वाइबा लगायतको आतिथ्यता रहेको थियो ।
औपचारीका कार्यक्रम सकिए सँगै साँझ साढे ६ बजेबाट तेस्रो चरणमा मनोरञ्जनात्मक कार्यक्रम सुरुभएको थियो । यस कार्यक्रममा गायिका मनमाया वाइबा, लक्ष्मी खड्का, कुमार योञ्जन तथा डान्सर लक्ष्मी गुरुङ लगायत कलाकारले उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए । यो चरणको कार्यक्रमको संचालन कृष्ण पाख्रिन र मिलन गोम्जालेले गरेका थिए ।
पाँचौ चरणको कार्यक्रम साँझ ८:४० राफल ड्र सुरु भएको थियो । यो चरणको कार्यक्रमको संचालन तुलमाया तामाङले गरेकी थिइन् । राफल ड्रको पहिलो पुरस्कार आधा तोला सुन को तिलहरी शर्मिला ७ कोहिनूर मम्बाले, दोस्रो पुरस्कार सुनको सिक्री hounslow borrowing councillo तथा पुर्ब मेयर बिष्णु बहादुर गुरुङले र तेश्रो पुरस्कार बिपना थापाले हात पारेका थिए । राफल ड्र का लागि प्रथम पुस्कार बुद्ध कन्स्ट्रक्सनका पेम्बा वाइबाले, दोस्रो र तेस्रो पुरस्कार अल्डरसट स्थित लामा ज्वेलर्सका दीपेश लामाले प्रदान गरेका थिए । (धादिङपोष्टका लागि तस्वीर सौजन्यः धन तामाङ)