प्रवासी नेपाली मञ्च कतारमा धादिङका दुई चेली

Avatar photo
Dhadingpost
शनिबार, साउन १२, २०८१

कतार । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनबाट उप सचिवमा धादिङ निवासी मेनुका खतिवडा र सदस्यमा उषा रिमाल चयन भएका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखेलको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनबाट अध्यक्षमा चूडामणि कार्की चयन भएका छन् भने, उपाध्यक्षहरूमा बिनेश तामाङ, अफ्सर अलि खान, टिका कार्की र भीम तरामु मगरलाई चयन चयन भएका छन् ।

३१ सदस्ययीय उक्त नयाँ कार्य समितिको सचिवमा शेषराज तिमिल्सीना चयन भएका छन् भने उपसचिवहरूमा खेमराज सुवेदी, मेनुका खतिवडा भण्डारी, शोभाकर भुसाल र जमिर नदाफ चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा श्रीधर आचार्य, शिव भुजेल, नवराज शाही, रमेश जैसी पौडेल, गोपाल बस्नेत, गोपाल खतिवडा, हेमराज रिमाल (दीपक), निरन नेपाल, किरण परियार, टङ्क विक, कमलेश महतो, मो. असलम साफी, रविन खत्री, सुदर्शन भण्डारी, रेसम तामाङ, श्याम पाण्डे, टेक बहादुर नेपाली, भेष बहादुर गुरुङ, भीम विश्वकर्मा, उषा रिमाल नेपाल र कृष्ण कुमार बस्नेत चयन भएका छन् ।