मुख्यमन्त्री शालिकराम जम्कट्टेलद्वारा राजिनामा

Avatar photo
Dhadingpost
आइतवार, साउन ६, २०८१

हेटौंडा । एमाले र कांग्रेसको सत्ता गठबन्धन बने सँगै प्रदेशमा समेत प्रभाव पर्दा अङ्कगणितिय हिसालले अल्पमतमा परे सँगै आज मुख्य मन्त्री जम्कट्टेलले राजिनामा दिएका छन् ।

०७९ माघ ३ गते, चैत १० मा र ०८० चैत १९ गते गरी ३ पटक विश्वासको मत लिएर सरकार टिकाएका जम्कट्टेलले यसपटक पनि विश्वासको मत लिने तयारी गरेका थिए तर पार्टीको संसदीय दलको वैठकले राजीनामा दिन सुझाव दिएपछि आज प्रदेश सभामा सम्बोधन गर्दै राजिनामा दिएका हुन् ।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक रहन्छ । मुख्यमन्त्री जम्कट्टेलसँग २९ सांसदको मात्रै समर्थन रहेका कारण उनीले राजिनामा दिएका हुन् । अब एमालेको समर्थनमा कांग्रेसका बहादुर सिंह तामाङ मुख्यमन्त्री बन्ने छन् ।

विगत ६ वर्षदेखि सत्ताको केन्द्रमा थिए जम्कट्टेल
मुख्यमन्त्री जम्कट्टेल प्रदेश सरकार गठनदेखि हालसम्म गरेर ६ वर्ष सत्ताको केन्द्रमा रहे । २३ सांसद हुँदा पनि सरकार निर्माण र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उनी २१ सांसद रहँदा पनि उत्तिकै सशक्त छन् । २ कार्यकालको संसदीय भूमिका (७ वर्ष) मा उनी १० महिनामात्र प्रतिपक्षमा रहेका थिए ।