धादिङ अस्पतालमा पहिलो पटक आन्द्राको अप्रेशन

Avatar photo
Dhadingpost
शनिबार, साउन ५, २०८१

धादिङ । सूचना अधिकारी डा. राम रिजालका अनुसार धादिङ अस्पतालमा पहिलो पटक आन्द्राको सफल अप्रेशन गरिएको छ ।

राती अचानक पेट दुखेर ७० वर्षिय एक पुरुष अस्पताल आउनु भयो चेक जाँच गर्दा आन्द्रा मा प्वाल परेको ( DUODENAL PERFORATION ) र पेटमा तरल पदार्थ जमेको पाईयो तुरुन्त अप्रेशन गरेर बिरामीको जीवन बचाउन सफल भयौं । यस्तो प्रकृतिको शल्यक्रिया धादिङ अस्पतालमा पहिलो पटक गरिएको उनले बताए ।

उक्त अप्रेशनमा सर्जन टीम डा. नवीन महासेठ, डा. प्रकृति भट्टराई , अनेस्थासियालोजिष्ट डा. दिपेश श्रेष्ठ , एनेस्थेसिया असिस्टेन्ट संगीत छत्कुली, स्क्रब नर्स, ओ टी असिस्टेन्ट लगायतका स्वास्थ्यकर्मीहरु सहभागी थिए ।