
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले १९० वटा बेवारिसे मोटरसाइकल र स्कुटर लिलामी गरेको छ ।
विभिन्न समयमा चेकजाँचको क्रममा तथा अन्य अवस्थामा बेवारिसे फेला परेका ति मोटरसाइकल र स्कुटर खरीदका लागि समित एक्सपा सेन्टरले टेन्डर पारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए ।
नेपाल प्रहरीको हेडअफिसको स्वीकृतिमा भ्याटबाहेक सात लाख ९१ हजारमा लिलामी गरिएको केसीले बताए ।