त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ लपाङ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगा बस्दै आएका २५ वर्षीय सन्तोष सिंखडाको पोखरास्थित हर्पन खोलामा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन १ गते दिउँसो करिब २ बजे पोखरा २३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्नेक्रममा सिंखडा डुबेर बेपत्ता भएका थिए । दिउँसो ३ः२० बजे उनको शव भेटिएको प्रहरीले जनाएको छ ।