
धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले धादिङबेसीबजारबाट निस्कने कुहिने फोहोरबाट ‘कम्पोष्ट मल’ उत्पादन गर्ने भएको छ । नगरपालिकाभित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई मेशिनबाट प्रशोधन गरी ‘कम्पोष्ट मल’ उत्पादनको तयारी अन्तिम चरणमा पुगेका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले बताए ।
नीलकण्ठ नगरलाई फोहोरबाट मुक्त बनाउने र नमुना नगरका रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाउने योजना अनुरुप फोहोर व्यवस्थापन पनि हुने किसानले ‘कम्पोष्ट मल’ पनि पाउने हुनाले कुहिने फोहोरबाट मल बनाउन लागिएको हो । अब बजारमा आलो पालो गरि, कुहिने फोहोर र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन हुन्छ । कुहिने फोहोरबाट ‘कम्पोष्ट मल’ बन्छ उनले भने ।
उत्पादित ‘कम्पोष्ट मल’को नाम नीलकण्ठ कम्पोष्ट मल राखिन्छ । उत्पादित मलको बाण्डिङ र ल्याव टेष्टको जिम्मा पाएको साझेदार संस्था युएसएआईडी तयार नेपालले गर्ने छ । मेशनि जडान भैसक्यो ५८ जना स्थानीयलाई मल बनाउन, मेशिन चलाउन र भण्डारण गर्न तालिम दिईएको छ । साझेदार संस्थाले अबको एक महिनामा ल्याव टेष्ट सँगै नीलकण्ठ कम्पोष्ट मलको ब्राण्डिङ गरि हस्तान्तरण गर्छ त्यसपछि नियमित रुपमा उत्पादन हुने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताए ।