दुम्लिङमा रहेको साहारा आविको भवन उद्घाटन

Avatar photo
नारायण सिलवाल
बिहिबार, असार २८, २०८१

धादिङ । धादिङको बेनीघाट राेराङ-२, दुम्लिङमा सञ्चालित साहारा आधारभूत बिद्यालयकाे नवनिर्मित ४ काेठे भवन बुधबार पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

पालिकाकाे आग्रह र सहकार्यमा विल्ड अप नेपालले ४ काेठे भवन र शाैचालय निर्माण सम्पन्न गरि पालिकालाई हस्तान्तरण गरे सँगै अध्यक्ष थपलियाले उद्घाटन गरेका हन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, वडा अध्यक्ष हेमराज भुजेल, विल्ड अप नेपालका ईञ्जिनियर सन्ताेष न्याैपाने, SMC , PTA लगायत आतिथ्यता रहेको शिक्षा अधिकृत बोधराज पाठकले बताए ।

बिकट् क्षेत्र मानिने उक्त बिद्यालयलाई गतसाल मात्रै कक्षा १ सञ्चालनकाे अनुमति प्रदान गरिएकाे थियाे जहाँ हाल ६४ बालबालिकाहरू अध्ययनरत छन् । भवन निर्माणकाे यश कार्यले पठनपाठन थप सहज भएकाे छ । शिक्षा क्षेत्रमा पालिकाले विभिन्न संघसंस्था, निकाय तथा ब्यक्तिसंग शैक्षिक सहकार्य गरिरहेकाे शिक्षा अधिकृत बोधराज पाठक बताउँ छन् ।

बेनीघाट रोराङमा सामुदायीक ७३ र संस्थागत ५ गरी ७८ विद्यालय रहेका छन् भने यी विद्यालयमा १० हजार २७ जना विद्यार्थीले अध्ययन गरि रहेका छन् ।