धादिङ । स्थानीय सरकार सञ्चालन कार्यविधिमा हरेक स्थानीय तहले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । यसै अनुरुप नीलकण्ठ नगरपालिकाले आफ्नै सिटी हलमा असार २८ गते सार्वजनिक सुनुवाई हुने सूचना सार्वजनिक गरेको छ ।
हरेक सार्वजनिक सुनुवाईमा सहभागीले प्रश्न उठाउने आयोजकले उठेका प्रश्न मिठास पूर्ण ढंगलेले उत्तर दिने परम्परा रहिआएको छ । तथापी सेवाग्रहीले आफ्नो भनाई राख्ने मौका भने सार्वजनिक सुनुवाईले दिने गरेको छ । त्यहि सार्वजनिक सुनुवाईमा उपस्थितहरुको फोटो खिचेर अर्को खर्चको बिल थपिने गर्दछ ।
नीलकण्ठको सार्वजनिक सुनुवाईमा आउन सक्ने दर्जन प्रश्न
- नीलकण्ठ २ को वडा कार्यालय भवनको एउटा विवादमा वकालत गर्न एउटै वकिललाई ६ लाख ८० हजार कर कट्टी समेत नगरि दिएको देखियो । सरकारी निकायले सरकारी मुद्धाका लागि यत्रो पैसा खर्च गरेर वकिल किन प्रयोग गरेको ?
- इष्टमित्र नातेदार, आफन्त तथा आफ्ना गुटभन्दा वाहिरका सर्वसाधरण जनताले मेरो सरकार भन्ने महशुस गर्ने दिन कहिले आउँछ ? तेरो वडा र मेरो वडाका नाममा बजेट विनियोजनमा किन चरम विभेद र यसको अन्त्य कहिले हुन्छ ?
- च्याँडुखोलामा मिल्काईरहेको फोहोरका कारण सिद्धलेक गाउँपालिका वडा नम्बर ५,१ र ४ का वासिन्दा प्रत्यक्ष प्रभावित हुन पुगेका छन । फोहोर संगै फालिएका घातक चिज नहर हुंदै बगाएर खेतमा पुग्ने किसानको खुट्टामा विज्ने, त्यस्ले काट्ने गरेको छ । रासायनिक पदार्थहरु फोहोरमा मिसिंदा पानीमा गएर किसानको खेतमा पुग्ने हात गोडमा रोग लाग्ने, बस्तु भाउले पानी खाँदा त्यस्ले असर गर्ने गरेको छ । च्याँडुको डम्पिङ साईट कहिले त्यहाँबाट हटाउनु हुन्छ ? यस्को बिकल्प के छ ?
- प्रमुख, उप प्रमुखले अनुगमन भत्ता भनेर लाखौ बुझेको देखियो । सरकारी गाडी चढ्ने, तलव बुझ्ने अनि योजना अनुगमन भत्ता भनेर पैसा बुझ्ने यो सैद्धान्तिक भ्रष्टचार हो कि हैन ?
- नगरक्षेत्र भित्र खानेपानीको बितरण अस्तव्यस्त भएको छ । समितिमा पदाधिकारी नहुंदा कर्मचारीले उपभोक्ताबाट उठाएको रकम सिधै तलवमा खर्च गरिरहेका छन् यो बिकृति कहिले सम्म लम्व्याउन चाहेको हो नगरपालिकाले ।
- धादिङबेसी बीच बजारमा तरकारी बजार स्थापना गर्न भनेर व्यक्तिको जग्गा भाडामा लिएर भवन बनाएको नगरपालिकाले न त त्यहाँ तरकारी बजार चलाउन सक्यो, नत व्यक्तिलाई भाडानै बुझाएको छ । अदालत गएर मेरो कवोल अनुसारको भाडा दिलाई पाउँ भनेर जग्गा वाला कहिले सम्म हिंड्नु पर्ने हो ।
- रोजगार सम्मेलन केका लागि थियो ? विद्यार्थीको शैक्षिक प्रदर्शीका लागि ? नत्र कार्यक्रममा लक्ष्यित व्यक्तिहरु किन उपस्थित हुन ससकेनन् महत्वपूर्ण कार्यक्रम असारे बजेट सक्न मध्य असारमा गर्नु ठिक थियो ?
- बसपार्क र यातायात ब्यवस्थापन कहिले सम्बोधन हुन्छ ? बीचबजार चोक पुछारबजार चोकमा ठुला गाडीहरुले र बीच सडक सडक रोकेर म्याजिक भ्यानहरुले सडक अस्तव्यस्त बनाईरहेको देख्नुभएको छैन ? अझ स्कुल समयमा त विद्यार्थीहरु ज्यानको वाजी थापेर सडक पार गर्नु परि रहेको छ ?
- स्मार्ट सिटीको योजना अन्तरगत सडक किनारमा रहेका सडक बत्ती किन बल्न छाड्यो । भएका गमला पनि फुटे के बजेट सक्न यो काम गरिएको थियो ?
- नागरिकबाट उठाएको कर भन्दा बढी घर भाडाकर बजार बासीलाई किन छुट दिएको ?
- सार्वजनिक जग्गा, खोला मिचेर घरहरु बनिरहेका छन् । नक्शा पास कसरी भयो ? खोलामा भवन बनाउन अनुदान दिईएको छ । खोलाको किनारमा स्कुल कलेजहरु छन् व्यक्तिले त्यतिकै हडपेका छन् । के सार्वजनिक सम्पत्ती सुरक्षाका लागि अर्को वालेनहरु प्रतिक्षा गर्नु पर्ने हो ?
- चिलाउने बोटेमा ४० लाख चौतारो बनाउन वजेट बिनियोजन गरिएको छ । चौतारो त श्रमदानबाट बन्थ्यो त्यो पैसा अन्यत्र उपलब्धी मुलक काममा लागाउन मिल्दैनथ्यो ?
यी उल्लेखित प्रश्नहरु मात्रै हैन, बधशाला के भो ? बसपार्क के भो ? सदरमुकामका दुई साईडमा रहेका बढेमा दुई भ्यू टावरको उपलब्धी के भो ? सिरानबजार र ससाहको भासिएको सडक कहिले बन्छ ? लगायतका थप प्रश्नहरु पनि उठ्न सक्छन् । उठेका प्रश्नहरुको जवाफ नगर प्रमुख भिमप्रसाद ढुङ्गानाले विना आक्रोस, विनम्रताका साथ मिठास पूर्ण तवरले दिने छन् । पूर्व तयारी अनुसार नै शुभचिन्तक र कर्मचारीहरुले तालि पढ्काउने छन् । सहजिकरण गर्ने संस्थाले लाखौको बजेट पकाउने छन् र सकिने छ यो आर्थिक वर्षको सार्वजनिक सुनुवाई ।
नीलकण्ठमा कस्ले कति अनुगमन भत्ता बुझे
महालेखाको प्रतिवेदन २०८१ (२०७९/८०)
एउटै मुद्धा एउटै वकिललाई ६लाख ८० हजार भुक्तानी