मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने

Avatar photo
Dhadingpost
मङ्लबार, असार २६, २०८१

हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिए सँगै अल्पमतमा परेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजिनामा नदिई विश्वासको मत नै फेस गने भएका छन् ।

सरकारबाट एमाले बाहिरिएसँगै पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले आफू राजीनामाको पक्षमा नरहेको र चाँडोभन्दा चाँडो विश्वासको मत लिने तयारीमा रहेको बताएका छन् ।

११० सांसद रहेको बागमतीमा हाल ७ वटा दल छन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ३७ जना सांसद छन् । एमालेका २७ जना छन् । बहुमतका लागि ५६ जना चाहिनेमा कांग्रेस-एमाले मिल्दा ६४ जना पुग्छन् ।