धादिङ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङलाई पूर्व प्रदेश सांसद जगत सिंखडाले एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
सिंखडा प्रदेश सांसद हुँदा रेडक्रसका लागि एम्बुलेन्स खरीदका लागि वजेट विनियोजन गरेका थिए । उक्त वजेटबाट खरिद गरिएको एम्बुलेन्स आज रेडक्रसलाई हस्तान्तरण गरिएको हो ।
वजेट विनियोजन गरें, एम्बुलेन्स खै त भनेर बारम्बार सोधि रहें आउँछ, खरिद प्रक्रियामा ढिलो भईरहेको छ भन्ने जवाफ आईरह्यो । ढिलो भएपनि एम्बुलेन्स रेडक्रसमा आईपुगेको छ । सेवामा गुनासो नआओस्उ नले हस्तान्तरण कार्यक्रममा भने ।
कार्यक्रममा कम्पनीले पैसा पाएर पनि एम्बुलेन्स समयमै नपठाएको सभापति दुर्लभकुमार तामाङले बताएका थिए । वजेट विनियोजन गर्दिनु भएकोमा पूर्व सांसद सिंखडालाई सभापति तामाङ धन्यावाद दिएका थिए ।