धादिङ । नेकपा एकीकृत समाजवादीको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । जसमा धादिङबाट राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र गुरु प्रसाद बुर्लाकोटी परेका छन् ।
तत्काललाई पहिलेका पोलिटब्यूरो सदस्यलाई केन्द्रीय कमिटीमा राखिएको छ । बाँकी केन्द्रीय सदस्य यो कमिटीले चयन गर्ने अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले जानकारी गराए । केन्द्रीय कमिटी २९९ सदस्यीय बन्ने छ ।