धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकामा रहेका, रुवी भ्याली आधारभुत अस्पताल, लापा स्वास्थ्य चौकी, तिप्लिङ स्वास्थ्य चौकी र बोराङ आधारभुत स्वास्थ्य केन्द्रमा सुत्केरी भएका महिलालाई सुत्केरी भत्ता प्रदान गरिएको छ ।
चालु आर्थिक वर्षमा रुबीभ्यालीका यी स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या ६४ रह्यो उनीहरुलाई नेपाल सरकारको मातृ तथा नवशिशु कार्यक्रम अन्तरगत जनही २५०० का दरले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता दिईएको पालिकाका स्वास्थ्य संयोजक राज बहादुर तामाङले बताए ।
लापा स्वास्थ्य चौकीबाट ३२ जना, तिप्लिङ स्वास्थ्य चौकीबाट १५ जना, रुवी भ्याली आधारभुत अस्पतालबाट १८ जना र बोराङ आधारभुत स्वास्थ्य केन्द्रबाट १२ जना गरी ६४ जनालाई जनही २५ सयका दरले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता प्रदान गरिएको जनाईएको छ ।