धादिङका एक युवक एटीएम मेसिन फोड्दै गर्दा पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, असार २०, २०८१

धादिङ । धादिङ जिल्ला सिद्धलेख गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ वस्दै आएका २३ वर्षीय रुपेश नेपालीलाई प्रहरीले बैंकको एटीएम मेसिन फोड्दा फोड्दै गर्दा पक्राउ गरेको छ ।

घटना बुधबार बिहान साढे २ बजे पोखरा ५, जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटीएम मेसिन तोडफोड गरी रकम निकाल्न खोज्दै गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।