धादिङ । धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा निशुल्क भर्ना खुलेको छ । सिभिल इन्जिनियरिङ सहित २४ ऐच्छिक विषय पढ्न पाईने गरि भर्ना खुलेको प्रधानाध्यापक ध्रुव अधिकारीले बताए ।
विगतका वर्षहरुमा न्यूनतम सहयोग रकम लिने गरेका थियौं, यो पटक देखि पूर्ण नि:शुल्क गरेका छौं । यो पटक होटल व्यवस्थापन विषय पनि थपेका छौं । दुई दर्जन भदा बढी ऐच्छिक विषय छन् त्यस मध्य विज्ञान समूह रोज्ने विद्यार्थीहरुले यहि असार २४ गते हुने प्रवेस परिक्षा पास गर्नुपर्ने प्रधानाध्यापक अधिकारीले धादिङपोष्टलाई बताए ।
पहिलो समूह
- भौतिक विज्ञान
- लेखा विधि
- बाल विकास र सिकाइ
- ग्रामीण विकास
- विधिशास्त्र र कानुनी सिद्धान्त
दोस्रो समूह
- जीव विज्ञान
- समाजशास्त्र
- व्यवसायिक अध्ययन
- जनसंख्या अध्ययन
- शिक्षा र विकास
- कार्यविधि कानुन
तेस्रो समूह
- रसायन विज्ञान
- अर्थशास्त्र
- बजारशास्त्र
- नेपाली
- अङ्ग्रेजी
- संवैधानिक कानुन
चौथो समूह
- कम्प्युटर विज्ञान
- गणित
- वाणिज्य गणित
- सहकारी व्यवस्थापन
- वातावरणीय विज्ञान
- आम सञ्चार
- सिभिल इन्जिनियरिङ र होटल व्यवस्थापन
शिक्षक उत्तम भट्ट भन्छन्, नीलकण्ठले जीवनमूखी शिक्षालाई जोड दिईरहेको छ र नीलकण्ठबाट १२ पास गरेका विद्यार्थीहरुले क्याम्पसमा पनि उत्कृष्ट नतिजा ल्याईरहेका छन् । २०८० मात्रै नीलकण्ठबाट १२ पास गर्ने विद्यार्थीहरु दिया तामाङ IOM (TUTH), आयुष अर्याल IOE (Pulchowk), बालकृष्ण कोईराला IOE (WRC), निकिता नेपाल B.Sc. Nursing (TU) लगायतले पूर्ण छात्रबृतिमा विभिन्न क्याम्पसहरुमा अध्ययन गरिरहेका छन् ।