एसईई पास विद्यार्थी र शिक्षकलाई नगद सहित सम्मान

Avatar photo
Dhadingpost
मङ्लबार, असार १९, २०८१

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका ३ ले एसईई २०८० मा उतिर्ण, चौतारा माध्यामिक विद्यालयका विद्यार्थी र उत्कृष्ट विषयका शिक्षकलाई नगद सहित सम्मान गरेको छ ।

वडा अध्यक्ष सुरेश गुरुङका अनुसार गत फागुन २८ गते नै एसईई पास गर्ने विद्यार्थी र ती विद्यार्थीले उत्कृष्ट जिपीए ल्याएको विषयगत शिक्षकलाई पनि सम्मान गर्ने वडाले घोषणा गरेको थियो । त्यहि निर्णय अनुसार विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको हो ।

चौतारा माविबाट १७ जना विद्यार्थीले एसईई दिएकोमा १३ जना उतिर्ण भएका थिए । वडाले ३.६– ४ जिपीए ल्याउनेलाई ५ हजार प्रदान गरिने भनिए पनि यसमा कोहि परेनन् । वडाले ३.२–३.६ जिपीए ल्याउनेलाई जनही २ हजार ५०० दिने घोषणा अनुसार यसमा भने २ जना परे भने अन्य पास भएका विद्यार्थीले जनही १/१ हजार सहित सम्मानित भएका छन् ।

पास भएका १३ जना मध्य ११ जनाले लेखा विषयमा उत्कृष्ट जिपीए ए प्लस ल्याएकोले उक्त विषयका शिक्षक मानसिंह तामाङलाई प्रति विद्यार्थी १ हजार बराबर ११ हजार नगद सहित सम्मानित गरिएको वडाअध्यक्ष गुरुङले धादिङपोष्टलाई बताए । पालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा उप प्रमुख सिता माया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह लगायतको आतिथ्यता रहेको थियो ।

सम्मानित हुने विद्यार्थीको सूची

  • अमुल्या तामाङ 2.69 GPA
  • आसिका तामाङ 2.99 GPA
  • आस्ना तामाङ 3.05 GPA
  • विपिना तामाङ 3.3 GPA
  • दिनेश तामाङ 2.61 GPA
  • इशाक तामाङ 2.93 GPA
  • कविता तामाङ 3.14 GPA
  • किरण तामाङ 3.03 GPA
  • मिलन तामाङ 2.99 GPA
  • निलिमा तामाङ 3.29 GPA
  • निशा गुरुङ 3.03 GPA
  • प्रमिला तामाङ 3.16 GPA
  • रितु तामाङ 2.75 GPA