धादिङ । धादिङको निलकण्ठ नगरपालिका–२ का ३८ वर्षीय दिपक थापा सहित ५ जना सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्यमा भारतको उडिसाका ४० वर्षीय कलाकार दास, काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन,म्याग्दीका ६४ वर्षीय क्षेत्र बहादुर शाही र दाङका ३५ वषीय बसन्त चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनीहरूलाई कागेश्वरी मनोहराका दिनेश न्यौपानेलाई ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।उनीहरूको साथबाट नक्कली सुनको मूर्ति र १४ लाख नगद पनि बरामद गरिएको छ ।