धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ३ ले एसईई २०८० मा उतिर्ण गर्ने विद्यार्थी र उतिर्ण विद्यार्थीले ए र ए प्लस जिपीए आएको विषय पढाउने शिक्षकलाई नगद सहित सम्मान गर्ने भएको छ ।
यस वडामा रहेको चौतारा माविबाट १७ जना विद्यार्थीले एसईई दिएकोमा १३ जना उतिर्ण भएका थिए । वडाले ३.६– ४ जिपीए ल्याउनेलाई ५ हजार प्रदान गरिने भनिए पनि कोहि विद्यार्थीले यसमा परेनन् । वडाले ३.२–३.६ जिपीए ल्याउनेलाई जनही २ हजार ५०० दिने घोषणा गरेको छ यसमा भने २ जना विद्यार्थी परेका छन् ।
वडा अध्यक्ष सुरेश गुरुङका अनुसार उतिर्ण अन्य सबै विद्यार्थीलाई जनही १/१ हजार प्रदान गरिने छ भने ए र ए प्लस कटेको विषयका शिक्षहरुलाई पनि सम्मान गर्दैछौं । प्राप्त जानकारी अनुसार उतिर्ण १३ जना विद्यार्थीहरुले लेखा विषयमा ए प्लस जिपीए ल्याएकोले लेखा विषयका शिक्षक मानसिंह तामाङले प्रति विद्यार्थी १ हजार बराबर ११ हजारले सम्मान गर्ने छौं ।
यी हुन् चौतारा माविका सम्मानित हुने विद्यार्थी
अमुल्या तामाङ 2.69 GPA
आसिका तामाङ 2.99 GPA
आस्ना तामाङ 3.05 GPA
विपिना तामाङ 3.3 GPA
दिनेश तामाङ 2.61 GPA
इशाक तामाङ 2.93 GPA
कविता तामाङ 3.14 GPA
किरण तामाङ 3.03 GPA
मिलन तामाङ 2.99 GPA
निलिमा तामाङ 3.29 GPA
निशा गुरुङ 3.03 GPA
प्रमिला तामाङ 3.16 GPA
रितु तामाङ 2.75 GPA
हामीले प्रोत्साहन कार्यक्रम भनेर गत फागुन २८ गते नै घोषणा गरेका थियौं । जसमा एईई २०८० पास हुने विद्यार्थी र उनीहरुले प्रास्त गरेको विषयगत ए र ए प्लस जिपीए आएका विषयगत शिक्षकलाई सम्मान गर्ने पूर्व घोषित कार्यक्रम भएको वडा अध्यक्ष गुरुङले बताए ।