धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित गणेस्थानमा धानमा रोपाई विशेष कार्यक्रमका साथ “राष्ट्रिय धान दिवस” मनाईएको छ ।
धादिङका संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको विशेष आतिथ्यता रहेको थियो । पालिका प्रमुख राजु उप्रेतीको अध्यक्षता रहेको उक्त कार्यक्रममा उप प्रमुख देवराज धरेल, वडा अध्यक्षहरु, पालिकाका कर्मचारीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।
धान रोपाई कार्यक्रममा स्थानीय महिला पञ्चे बाजा समूहको समेत प्रतुती रहेको थियो भने हिलोमा डोरी तान खेल समेत आयोजना गरिएको थियो । तस्वीर: सौजन्य नवराज तिमल्सिना