धादिङ । धादिङबेसी स्थित नीलकण्ठ क्याम्पसको B.S.W 3rd year का विद्यार्थीहरुले १५ असार विशेष दही-चिउरा कार्यक्रम गरेका छन् ।
सीता श्रेष्ठले धादिङपोष्टलाई जानकारी गराए अनुसार विद्यार्थीहरुको आयोजनामा भएको उक्त कार्यक्रममा १५ असार सांस्कृतिक पर्व महत्वको विषयमा शिक्षकहरुले चर्चा/परिचर्चा गरेका थिए ।
नेपाली संस्कृति अनुसार असार १५ मा दह चिउरा खाने प्रचलन छ । यो दिन अधिकांश नेपालीले दही चिउरा खाने गर्दछन् ।