एसईईमा धादिङका कुन स्कुलबाट कति विद्यार्थी पास (सूची)

Avatar photo
नारायण सिलवाल
शुक्रबार, असार १५, २०८१

धादिङ । धादिङका १६० वटा सरकारी तथा निजी विद्यालयबाट एसईई २०८० मा ४८९० जना विद्यार्थीहरुले परिक्षा दिएका थिए । जसमा २३५६ जना उतिर्ण हुँदा भने २ हजार ५३४ जना अनुतिर्ण भएका छन् ।

धादिङका ७ वटा माविले सत प्रतिशत विद्यार्थी उतिर्ण गर्दा ५ विद्यालयको नतिजा शुन्य आएको छ । एसईईमा एक जना पनि उतिर्ण गराउन नसक्ने विद्यालयहरुमा बेनीघाट रोराङबाट पञ्चकन्या मा.वि. धुषा र बासखर्क मा.वि. छन् । यस्तै च्याम्रादेवी मा.वि. सेर्तुङ, सुन्दरी मा.वि. कुम्पुर र सुपपक्याटलिष्ट इ स्कुल नौविसे रहेका छन् ।

धादिङका ७ विद्यालयले भने एईई २०८० मा शत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका छन् । जसमा द राइजिङ भिलेज वोर्डिङ गल्छी, सल्यानटार वालविकास बोर्डिङ, भिमोदय मा.वि. आगिन्चोक, वरपिपल मा.वि. ज्यामरुङ, बुद्धभिजन एकेडेमी नौविसे, सक्सेस एकेडेमी गल्छी वैरेनी र श्री व्राइटफ्यूचर वोर्डिङ बेनीघाट रोराङ हेका छन् ।

धादिङका कुन विद्यालयबाट एईईमा कति विद्यार्थी पास फेल भए (सूची समेत)