रुवी भ्यालीद्वारा सात खेलाडीलाई नगद सहित सम्मान

Avatar photo
नारायण सिलवाल
मङ्लबार, असार १२, २०८१

धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाले गाउँसभाको अवसरमा सात जना खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।

बङ्गलादेशमा भएको खुल्ला अन्ताष्ट्रिय कराते च्याम्पियनसिपमा विजयी भएका रुवी भ्याली गाउँपालिकाका कराँते प्रशिक्षक समेत रहेका सन्देश घलेलाई नगद ३५ हजार, सोही प्रतियोगितामा कास्य पदक विजेता रोशन घलेलाई १५ हजार, १५ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा दोस्रो डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता ११ वर्षिय रेगन तामाङलाई ३५ हजार सहित सम्मान गरिएको थियो ।

यस्तै भारतमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता सविना तामाङलाई ३५ हजार र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वण पदक विजेता सन्जु घले लापा, बसन्त तामाङ लापा, मनुरानी घले सेर्तुङलाई जनही १५/१५ हजारले सम्मान गरिएको थियो ।