धादिङ । धादिङको धुनिवेशी नगरापालिकाको नगर सभा तथा १५ औं अधिवेशनले आगामी वर्ष २०८१०८२ का लागि ८८ करोड १६ लाख ८९ हजार ६ सय ६६ रुपैयाँको बजेट पास गरेको छ ।
आज सम्पन्न नगर सभाले पालिका प्रमुख बालकृष्ण आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उप प्रमुख सुरज उप्रेतीद्वारा प्रस्तुत वजेट पास गरेको हो । उपप्रमुख उप्रेतीले पेश गरेको बजेटमा कुल विनियोजित रकम मध्ये चालुतर्फ ४७ करोड ९ लाख ८५ हजार ६ सय ६६ रुपैयाँ र पुजीगत तर्फ ४१ करोड ७ लाख ४ हजार विनियोजन गरेको छ ।
बजेटमा आर्थिक बर्षको लागी आर्थिक विकासतर्फ ४ करोड ७३ लाख २८ हजार,सामाजिक विकास क्षेत्रतर्फ ३४ करोड ४३ लाख ३० हजार,पुर्वाधार विकासतर्फ ३१ करोड २३ लाख ९४ हजार ,सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रतर्फ ५२ लाख ४५ हजार र कार्यालय सन्चालन तथा प्रशासनिक खर्चतर्फ १७ करोड २३ लाख ९२ हजार ६ सय ६६ रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । तस्वीरः आशिष ठकुरी