नेपाली जनप्रगतिशिल मन्च रियादको अध्यक्षमा सुरेश सुनार चयन

Avatar photo
Dhadingpost
सोमवार, असार ११, २०८१

रियाद । नेपाली जनप्रगतिशिल मन्च साउदी अरब स्थित रियादको अध्यक्षमा सुरेश सुनार चयन भएका छन् । यस अघि धादिङका हरिभक्त मगराती अध्यक्ष थिए उनी राष्ट्रिय समितिको सचिवमा निर्वाचित भएपछि अहिले अध्यक्ष सुरेश सुनार बनेका हुन् ।

नेपाली मार्केट बथा स्थित होटल दिमोरामा बसेको एक भेलाले ४१ सदस्यीय पुनरगठित नयाँ समिति चयन गरेको हो । भेलामा एसिया महाशाखा सदस्य तथा नेपाली जनप्रगतिशिल मञ्च साउदी अरब राष्ट्रिय समिती महासचिव बासुदेव सापकोटाको प्रमुख आतिथ्यता, पश्चिम एसिया सदस्य नवराज चौलागाईंको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि सापकोटाले जनयुद्दको वलमा स्थापित गणतन्त्रले महिलाहरुको हक अधिकार, जातीय, लैङ्गकि, भौगोलिक विभेद हटाएर समावेशीय ल्याएको स्पष्ट पार्दै, व्यवस्था परिवर्तनको नेतृत्व गरेको माओवादीलाई अब जनताको अवस्था परिवर्तनको लागि फेरि नेतृत्व लिनु पर्ने बताएका थिए ।

वैदेसिक रोजगारीमा जानेहरूको वित्तिय साक्षरता, रेमिटान्स खाता, अईपियोमा गरिएको १०५ आरक्षण, सरकारले वैदेसिक रोजगारीमा जानेहरूको भविष्य सुनिश्चित गर्नको लागि गरेको सामाजिक सुरक्षा कोषमा सबै आवद्ध हुनुपर्नेमा जोड दिदै, यसको फाइदाहरूको वारेमा सापकोटाले प्रष्टपारेका थिए ।