धादिङका हरिभक्त मगराती जनप्रगतिशिल मञ्च साउदी स्थित रियादको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
शनिबार, माघ २०, २०८०

धादिङ । नेपाली जनप्रगतिशिल मञ्च साउदी स्थित रियादको क्षेत्रिय अधिबेशनबाट धादिङ ज्वालामुखी गाउँपालिकाका हरिभक्त मगराती अध्यक्षमा चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल मञ्च साउदीले क्षेत्रीय कार्यसमिति बिस्तारको क्रममा शुक्रबार भएको रियादको अधिवेशनले धादिङका मगरातीको अध्यक्षतामा ३६ सदस्यीय कार्यसमिति गठन गरेको सोम नाथ कँडेलले धादिङपोष्टलाई बताए ।

अधिवेशनमा प्रवास समन्वयन कमिटीका सदस्य तथा नेपाली जनप्रगतिशिल मञ्च साउदीका सल्हाकार कमल साही (निर्मल) को प्रमुख आतिथ्यता, पश्चिम एसियाका सदस्य युवराज कार्कीको बिशेष आतिथ्यता र केन्द्रीय महासचिव राजन खड्का सचिव गंगा गोदार बासुदेब सापकोटा सिताराम रिमाल नेहाल उज्मान लगायतको आतिथ्यता रहेको थियो ।