थाक्रेको आगामी बजेट ९९ करोड

Avatar photo
Dhadingpost
सोमवार, असार ११, २०८१

धादिङ । धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि अनुमानित ९९ करोड ३८ लाख ७६ हजारको वजेट तय गरेको छ ।

शनिबार सम्पन्न गाउँ सभामा उप प्रमुख यन्त्र बहादुर थापाले प्रस्तुत गरेको उक्त बजेटमा आर्थिक विकासतर्फ १२ करोड ६० लाख ६७ हजार,समाजिक विकासतर्फ ३२ करोड ६३ लाख ५२ हजार विनियोजन गरिएको छ ।

यस्तै पुर्वाधार विकासतर्फ २७ करोड ७६ लाख ९ हजार,कार्यालय तथा प्रशासनतर्फ २२ करोड ६९ लाख ९१ हजार सु्शासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ६८ लाख ५७ हजार विनियोजन गरिएको वजेटमा उल्लेख छ । तस्वीरः राजाराम डंगोल

सभामा प्रस्तुत गरिएको थाक्रेको बजेट