धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका -७ सुकौराका निराजन गौलीलाई नेपाल सरकारले अष्ट्रेलिया स्थित भिक्टोरिया राज्यको लागि नेपालको अवैतनिक वाणिज्य दूतको रूपमा नियुक्त गरेको छ । अस्ट्रेलियाको धेरै जनघनत्व तथा धेरै जनसङ्ख्या भएको भिक्टोरिया दोश्रो राज्य हो ।
अष्ट्रेलिया मेल्वर्नमा बस्दै आएका उनी सामाजिक अभियान्ताको रुपमा समेत परिचित छन् उनलाई मन्त्रिपरिषदको बैठकले भिक्टोरियाको लागि नेपालको अवैतनिक वाणिज्य दूतका रूपमा नियुक्त गरेको हो । गौलीकै पहलमा कोभिड महामारीमा जिल्ला जनस्वस्थ्य कार्यालय धादिङलाई २० लाख मुल्य बराबरको Oxygen concentrator प्राप्त भएको थियो । उनको सहयोग धादिङमा मात्रै नभएर देशभरका विभिन्न ठाउँहरुमा पुगेको थियो ।
उनले बिगत १० बर्ष देखि समुदायलाई सडक सुरक्षा (road safety), water safety, suicide prevention र मानसिक स्वास्थ्य सम्बन्धी बिभिन्न प्रकारका तालिमहरु त्यहाँको सरकारसंगको सहकार्यमा नेपाली समुदायलाई नि:शुल्क तालिम प्रदान गर्दै आईरहेको छन् । उनले २०२१ मा NRNA Australia को Community service award समेत प्राप्त गरेका थिए । अहिले उनी RMIT university मा Engineering बिधामा PHD पनि गर्दै छन् ।