धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका उप प्रमुख देवराज धरेलले आज सम्पन्न भएको १५ औं पालिका अधिवेशनमा प्रस्तुत आगामी वर्षको अनुमानित वजेट पास भएको छ । उप प्रमुख धरेलले आगामी वर्षको लागि ६२ करोड ३७ लाख ४८ हजारको अनुमानित विनियोजन बजेट सभाले पास गरेको हो ।
वजेट सार्वजनिक गर्दै उप प्रमुख धरेलले अब १० लाख भन्दा माथिका सबै योजना ठेक्का मार्फत हुने, सबै योजना वडामै संझौता भएर काम गरिने, प्रत्यक वडामा गौरवका योजनाका लागि १-१ करोड विनियोजन गरिएको, कार्यपालिका सदस्यले चाहेको योजनामा ५ लाख र वडाले ६० लाख खर्च गर्न पाउने गरि वजेट ल्याएको बताएका थिए ।
- कृषि विकाश शाखा ७८ लाख
- पशु विकाश शाखा २५ लाख
- स्वास्थ्य शाखा ३५ लाख
- शिक्षा शाखा २ करोड ४५ लाख
- सूचना शाखा १० लाख
- महिला विकास २६ लाख
- न्यायिक / बैदेशिक समन्वय १५ लाख
- पंजीकरण २ लाख
- लघु उद्यम ३ लाख
- रोजगार शाखा ३ लाख
- समपुरक १ करोड
- सहकारी ३ लाख
- बन तथा बातावरण १० लाख
- कार्यालय संचालन तथा प्रशासनिक खर्च ७ करोड
- काष्टे खोला बेली ब्रिज १ करोड
- भंगुले चौतारा देखि गल्छिना सडक कालोपत्रे, वडा नं १, १ करोड
- सल्यानटार मेन सडक कालोपत्रे वडा नं २, १ करोड
- ठुलोबेशी मुलपानी मुर्चोक सडक १ करोड स्तरोउन्नति, वडा नं ३
- भिमसेनथान देखि गाउँपालिका १ करोड सडक स्तरोउन्नति,वडा नं ६
- अचनेटार – झरेडी-बेलघारी खैरेनी १ करोड सडक स्तरोउन्नति वडा नं ७
- मुख्य सडक स्तरोउन्नति, वडा नं ४ लामे वडा कार्यालय सडक १ करोड स्तरोउन्नति वडा नं ५
- वडागत अन्य सार्वजनिक निर्माण तथा कार्यक्रम खर्च ४ करोड २० लाख
- पशु बिमा कार्यक्रम २० लाख
- मागमा आधारित लागत साझेदारी कोष १ करोड
- विपद व्यबस्थापन कोष २० लाख
- विपद पुर्व तयारी तथा प्रतिकार्य १५ लाख
- उद्दार राहत तथा पुनस्थापना एवं असाध्य रोग सहायता १५ लाख
- नरसिंह धाम ट्रस निर्माण ३० लाख
- सहिद बेपत्ता तथा द्वन्द पिडित परिवार आय आर्जन कार्यक्रम १५ लाख
- आरुघाट सानो गाउँ बाटो ढलान १५ लाख
- बगैंचा चोक गाउँपालिका डिल सडक ४० लाख
- पालिका स्तरीय योजना १ करोड १० लाख
- ,