त्रिपुरासुन्दरीको नीति तथा कार्यक्रमको पूर्ण पाठ

Avatar photo
Dhadingpost
आइतवार, असार १०, २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिको १५ औं अधिवेशनले पालिका प्रमुख राजु उप्रतीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

शिक्षा, स्वास्थ्य, जलस्रोत पर्यटन तथा पूर्वाधार, सम्मुनत समाज त्रिपुरासुन्दरीको मुल आधार भन्ने मुख्य नारा समेटिएको निती तथा कार्यक्रममा दिगो भौतिक पूर्वाधार नै, विकासको भरपदो आधार, बजेट अनुसारको पूर्वाधार विकास होइनकी, पूर्वाधार अनुसारको बजेट भन्ने नारालाई मुख्य रुपमा समेटिएको छ ।

पालिका तहमा क्रिकेट खेल मैदानको निर्माण गर्न समन्वय गरिने, एक वडा एक खेलकुद मैदान निर्माण, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारलाई १५ सैया सहितको सल्यानटार अस्पतालको रुपमा रुपान्तरण गरिने, HIV/AIDS संक्रमितहरुलाई यातायात खर्च बापत नदोहोरिने गरी एक पटकका लागि १० हजार दिइने, पार्किसन्स सहित आठ प्रकारका सम्वेदनशिल रोग लागेका नागरिकहरुलाई एक पटकका लागि १० हजार आर्थिक सहयोग गरिने, कक्षा ११ र १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पूर्ण निशुल्क शिक्षा, गाउँपालिका भित्रका विद्यालयहरुको नक्साङ्कन, शिक्षक विद्यार्थी अनुमान, शैक्षिक गुणस्तर, भौगोलिक अवस्था समेतको अध्ययन गरि विद्यालय समायोजन एवम् एकीकरण, कक्षा अवन्नती तथा शिक्षक दरबन्दी मिलान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ