धादिङ । धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले १५ औँ गाउँसभाको आयोजना गरि कृषिलाई प्रथामिकता दिईएको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन, कोशेली घर निर्माण, अर्गानिक खेतीलाई प्रोत्साहित, विपन्न सँग अध्यक्ष, उद्यमी सँग उपाध्यक्ष लगायत कार्यक्रम समेटिएका छन् ।
सभामा उप प्रमुख यन्त्र बहादुर थापाले आर्थिक विधेयक र न्यायिक समिती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सपास भएको र विनियोजन विधेयक भने आगामी आईतबार ल्याईने गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले धादिङपोष्टलाई बताए । तस्वीरः राजाराम डंगोल