नलाङ खिर्रेमा टाटा सुमो दुर्घटना एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
बिहिबार, असार ७, २०८१

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं २ नलाङ स्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा नलाङ पोखरी गाउँका ५२ बर्षिय लोक बहादुर गुरुङ मृत्यु भएको छ । गुरुङलाई घटनास्थलबाट उद्धार गरी धादिङ अस्पताल ल्याईएको तर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।

ज १ ज ४४४ नम्बरको टाटा सुमो बुधबार साँझ ८ बजे सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परेर स्थानीय खिर्रेका ५५ बर्षिय जिवन श्रेष्ठ (कृष्णमान) घाईते भएका छन् ।