काठमाडौं । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि डेंगु संक्रमितहरुको संख्या बढ्न थालेको छ । हाल सम्म ७२ जिल्लामा डेंगु फैलिएको र सबैभन्दा धेरै संक्रमित काठमाडौंमा भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
काठमाडौंमा १४१, झापामा ११२, चितवनमा ७५, मकवानपुरमा ५९ र डोटीमा ४७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी महाशाखाको रिपोर्ट छ । त्यस्तै, धेरै संक्रमित हुने जिल्ला अन्तर्गत तनहुँमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रूपन्देहीमा २८ र भक्तपुरमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।