प्रदेशको बजेटमा धादिङका ३५ योजना एक करोड माथिका

Avatar photo
Dhadingpost
सोमवार, असार ४, २०८१

धादिङ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१–०८२ को लागि बजेटमा धादिङका ३५ योजनाहरु १ करोड भन्दा बढीका रहेका छन् ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ । जससमा विकास वजेट अन्तरगत धादिङका निम्न ३५ आयोजनाहरु १ करोड माथिका रहेका छन् ।

  • चरौंदी नोहक गुफा सडक २६ करोड
  • महादेवबेसी डाँडाथोक सडक थाक्रे २२ करोड
  • भिम ढुङ्गा लामिडाडा सडक १४ करोड
  • धादिङबेसी तिप्लिङ सडक १४ करोड
  • धादिङ मनहरी चक्रपथ सडक १३ करोड
  • मलेखुखोला–कुडुल्ले सडक १२ करोड
  • मिलनटार–किराञ्चोक गजुरी सडक कालोपत्रे ७ करोड ५० लाख
  • धादिङ मनहरी सडक ७ करोड
  • खोष्टेखोला विर्ता सडक ४ करोड ८० लाख
  • दामन पाख्रिन मार्ग ४ करोड १० लाख
  • पाल्पा–साँधभञ्ज्याङ सडक कालोपत्रे ४ करोड २० लाख
  • स्याउनी बडथोक सडक कालोपत्रे नीलकण्ठ ४ करोड
  • बोराङबेसी आँखुखोला पुल ४ करोड
  • माझिटार एवाङसडक कालेपत्रे ३ करोड ५० लाख
  • धादिङ अस्पताल भवन निमार्ण ३ करोड
  • खानेपानी तथा सरसफाई कार्यालय धादिङको भवन निमार्ण २ करोड ७५ लाख
  • शिक्षक दरबन्धी कम भएका विद्यालयलाई डिजिटल सामाग्री २ करोड ७७ लाख ५० हजार
  • रुवीभ्याली गापा केन्द्र जोड्ने सडक २ करोड
  • बाहुन डाडा धुनीबेसी सडक २ करोड
  • चिमचोक तपाङ खोला २ र ३ जोड्ने पुल २ करोड
  • कार्तिके खोला पुल गंगाजमुना २ करोड
  • चिमचोक तपाङ खोला १ र २ जोड्ने पुल २ करोड
  • प्यान्तिस्या–क्यालम्राङ रुबीभ्याली १ करोड ५० लाख
  • गृहिणी महिला शसक्तिकरण कार्यक्रम गजुरी १ करोड २० लाख
  • धादिङ अस्पताल मतृ नवशिशु कार्यक्रम १ करोड ८ लाख
  • कुकुन्द सेनमार्ग नीलकण्ठ १ करोड
  • डाडावास दामगाडे सडक थाक्रे १ करोड
  • डुम्रेखोला बलमडाँडा सडक १ करोड
  • झार्लाङ तातोपानी रेचोक झोपु १ करोड
  • लिष्नेखोला खनियाबास पुल १ करोड
  • छविसे पक्की पुल गजुरी १ करोड