धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले असार १ गते अर्थात (भोली) आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम एवम् अनुमानित वजेट सार्वजनिक गर्न लागेको छ ।
नगर प्रमुख भिमप्रसाद ढुङ्गानाका अनुसार भोली हुने दोस्रो नगरसभा तथा पाँचौं अधिवेशनले आगामी आर्थिक वर्षमा नीलकण्ठले शिक्षा, स्वस्थ्य र कृषि उद्ययमशिलतालाई जोड दिएर बजेट ल्याउने छ ।
नीलकण्ठ नगरपालिकामा रहेका विद्यालयहरु नि:शुल्क भएका कारण वजेट शिक्षाका लागि सबैभन्दा धेरै विनियोजन गरिनेछ भने स्वास्थ्य अन्तरगत धादिङ अस्पताल सँगको सहकार्यमा जेष्ठ नगरिक घरदैलो स्वास्थ्य सेवा र कृषि उद्यमशिलताका लागि फोकस गरिएको नगरपालिकाका सल्लाहकार दिपक कोईरालाले धादिङपोष्टलाई बताए ।
धादिङमा आगामी वर्षको नीति तथा कार्यक्रम एवम् अनुमानित वजेट सार्वजनिक गर्ने नीलकण्ठ नगरपालिका पहिलो स्थानीय तह बनेको छ ।