एड्भान्सका विद्यार्थी दुना टपरी गाँस्न सिक्दै

Avatar photo
Dhadingpost
शुक्रबार, असार १, २०८१

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकडेमीले हरेक शुक्रबारलाई Book- Free Friday का रुपमा विद्यार्थीलाई जीवन उपयोगी क्रियाकलाप गराउँदै आएको छ । यस अन्तरगत आज विद्यार्थीलाई दुना टपरी बनाउन सिकाईएको प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

प्रिन्सिपल श्रेष्ठका अनुसार आज कक्षा ६–१० मा दुना टपरी गाँस्न सिकाउन सिकाईएको थियो भने कक्षा नर्सरीमा Bag Closing Race, एल.के.जी. मा Rhyming Competition, यू.के.जी. मा Balloon Blast , कक्षा १–३ मा जुत्ताको तुना बाध्न, टाई र बेल्ट लगाउन सिकाइएको थियो । यस्तै कक्षा ४–५ मा कपाल बाट्ने प्रतियोगिता (केटी) तर्फ र जुत्ताको तुना बाध्ने, टाई र बेल्ट लगाउने प्रतियोगिता (केटा ) तर्फ गरिएको थियो ।