धादिङ । नीलकण्ठ वडा नम्बर ८ का किसान २५ केजी रासायनीक मलका लागि एका बिहानै धादिङबेसीमा लाईनमा बसेका छन् ।
बिहानै ५ बजे देखि लाईनमा बसेका उनीहरुले २५ केजी भन्दा बढी खरिद गर्न पाउे छैनन् । किसानलाई सास्ती छ, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मल पठाउन नसक्दा हाकार भएको वडाअध्यक्ष प्रकाश श्रेष्ठले बताए ।
मेरो वडामा १२५० घर धुरी छ, एउटै किसानलाई ४-५ बोरा मल आवश्यक पर्छ । अहिले २५ केजिका दरले २५० बोरा बाढ्न सुरुभएको छ यो २५० बोरामा पनि ६२ बोरा अर्कै वडाको मल हो । मल अभाव छ, २५ केजी ससबै किसानलाई दिन सक्ने अवस्थामा समेत छैनौ वडा अध्यक्ष श्रेष्ठ बताउँ छन् ।