धादिङ । धादिङको थाक्रे गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
तोकिएका सर्तहरु पुरा गरिए सँगै थाक्रे गाउँपालिकालाई आईतबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिती धादिङका प्रमुख तथा जिल्ला स्तरिय खोप समन्वय समितीका अध्यक्ष नवराज अधिकारी र जनस्वास्थ्य कार्यालय धादिङका कोल्डचेन निरिक्षक गुजेश्वर श्रेष्ठले थाक्रेलाई पुर्ण खोपयुक्त गाउँपालिका सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा पालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्रबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले सम्बन्धित वडा अध्यक्ष र उक्त वडाका स्वास्थ्य सँस्थाका प्रमुख तथा प्रतिनिधी लगायत सहभागी थिए ।
पुर्ण खोप सुनिश्चितता गर्नको लागी प्रत्येक बर्ष नयाँ बच्चाको जन्म, उनिहरुले लगाएको खोपका बिषयमा अध्याबधिक गर्नपर्ने हुन्छ । हामीले उक्त सर्तहरु पुरा गरेका छौं पालिकाका प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले धादिङपोष्टलाई बताए ।
प्रमुख प्रशासकिय अधिकृत मल्लका अनुसार कार्यक्रममा पालिकाद्धारा सञ्चालित न्युनतम सेवा मापदण्ड अन्र्तगत प्रथम अर्धवार्षिक समिक्षामा प्रथम, द्वितिय र तृतिय हुने स्वास्थ्य चौकीलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।