सिद्धलेक १ को एक वर्ष वर्षे कार्यविवरण तथा आगामी योजना

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २८, २०८१

सिद्धलेक गाउँपालिका वडा नं १ अन्तर्गत २०८०/०४/०१ देखि २०८१/०२/२५ गते सम्म यस वडा कार्यालयबाट भएको कार्यविवरण
१. यस वडामा हालको मिति सम्म वडा समितिको बैठक संख्या ३२ रहेको छ उक्त अलग अलग बैठकहरु बाट अलग अलग मितिमा भएका प्रस्ताव र निर्णयहरु छोटकरिमा यस प्रकार रहेको छ ।
२. जसमा आ.व. २०७९/०८० मा भए गरेका कार्यविवरणको समिक्षा
३. वडा नं १ भित्र रहेका ग्रामिण कच्चि सडकहरुमा बर्खा याममा हुने सडक अवरोध न्युनिकरणको लागि यसै वडा भित्रबाट १० जना सडक ज्यामि छनौट गरि वर्षातको समयमा मिति२०८०/०४/०३ देखि २०८० भाद्र मसान्त सम्म सडक मर्मत गरिएको ।
४. सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहिहरुको भत्ता नविकरण ।
५. उच्च अदालत पाटनमा लिखित जवाफ दर्ता गर्नको लागि अख्तियारिनामा ।
६. यस वडा कार्यलयमा विद्युत सेवा अवरुद्ध भइ नियमित कार्य संचालनमा असहज परिस्थति सिर्जना भएकोमा तत्काल वडा कार्यालयबाट सिद्धलेक गाउँपालिका र नेपाल विद्युत प्राधिकरण शाखा धादिङ समक्ष समन्वय गरि वडा कार्यालयको नाममा विद्युत मिटर जडान गरि विद्युत संचालनमा ल्याइएको ।
७. राष्ट्रिय भुमि आयोगबाट प्रकाशित सुचना अनुसार अव्यवस्थित बसोबासिहरुका लागि छुट जग्गा दर्ताको निमित्त ३५ दिने सुचना प्रकाशन गरि निवेदन संकलन गरिएको ।
८. दशैँ लक्षित गरि यस वडा भित्र रहेका ग्रामिण कच्चि सडकहरुमा आवतजावतलाई थप सहज बनाउनको लागि उपभोक्ता समिति गठन गरि सडक मर्मत गरिएको ।
९. टोल विकास समितिको भेलाबाट प्राप्त चालु आ.व.को योजनाहरुको उपभोक्ता समिति गठन तथा ठेक्का विधिबाट गरिएको कार्य विवरणहरु

सडक तर्फ
१. तार नलाङ झगरे रिजाल चोक सडक स्तरउन्नती
२. कुवा पानि टार लाखेगाँउ पोखरी डाँडा सडक स्तर उन्नती
३. रैजले ढाप अर्चले सडक स्तर उन्नती
४. सार्की डाँडा कृषि सडक स्तर उन्नती
५. हस्पिटल चोक पेटारे सडक स्तर उन्नती
६. ज्ञान डाँडा काम्दी तल्लो सडक स्तर उन्नती
७. पाउनेटार कुमालटार बेलटारसडक स्तर उन्नती
८. फड्के चोक रेग्मी चौतारो सडक स्तर उन्नती
९. संघिय सरकारवाट हस्तान्तरित समपुरक अनुदान कार्यक्रम मार्फत वैरेनि पिपलनलाङ ठाँटि कमलावारी (वरवोटे देखि भट्टराई चौतारा सम्मको खण्ड सडक कालोपत्रे
१०. प्रदेश सरकारबाट हस्तान्तरित समपुरक अनुदान कार्यक्रम मार्फत डुम्रे खोला वडा कार्यालय हटिया सडक कालोपत्रे
११. पुर्वाधार विकास कार्यलय मार्फत डुम्रे खोला प्रादेशिक सडक कालोपत्रे
१२. लामघर खनालटार सडक कालोपत्रे
१३. एक्लेखेत र धौखोलामा गरि २ वटा मोटरेवल पुल निर्माणको काम सम्पन्न

खानेपानी तर्फ
१. कुडुल्ले कटुवा खानेपानी योजना
२. कुसुण्डे खानेपानी योजना
३. चिसोपानी खानेपानी योजना
४. डाँडा गाँउ खानेपानी योजना
५. बुङ्चुङ् खानेपानी योजना
६. बैरेनी खानेपानी योजना
७. बाँजगरा खानेपानी योजना
८. दमै थुम्का खानेपानी योजना
९. गोरेढाप छापगाँउ लिफ्टिङ खानेपानी योजना
१०.डिभिजन खानेपानी सरसफाई कार्यालय धादिङ बाट बृहत सिद्धलेक खानेपानी योजना अन्तर्गत तल्लो नयाँवस्ति लिफ्टिङ खानेपानि योजना

सिँचाइ तर्फ
१. कुडुल्ले खेत ठाडो अड सिँचाइ
२. विरालेखोप खड्करे पचासे खेत सिँचाइ
३. थोपल खोला साघुजिप तल्लो बलौटे सिँचाइ योजना
४. एक्लेफाट कुलो निर्माण
५. प्रदेश सरकारबाट हस्तान्तरित शसर्त अनुदान कार्यक्रम मार्फत चिसापानी खानेपानी तथा सिँचाइ योजना

राजश्व तर्फ
सिद्धलेक गाउँपालिकामा वडा नम्बर १ सबैभन्दा धेरै राजश्व संकलन गर्ने वडामा परेको छ । आईतबार सम्ममा यस वडाले १० लाख ९५ हजार राजश्व संकलन गरेको छ ।

विविध तर्फ
१. कृष्ण मन्दिर बलमडाँडा
२. च्याडु खोला मरन घाट निर्माण
३. डुम्रे खोला सार्वजनिक खानेपानी तथा ट्वाइलेट मर्मत
४. पुनरामे मरनघाट सिँढी मार्ग
५. बलदेवीस्थान वस्ति संरक्षण
६. कालिदह झोलुङ्गे पुल सिँढि मार्ग
७. बलदेवी सामुदायिक भवन निर्माण
८. मृकुटि खोला फड्के पुल मर्मत
९. नागरिक संग जनप्रतिनिधि स्वस्थ्य तथा सचेतनामुलक कार्यक्रम

प्रधानमन्त्रि रोजगार कार्यक्रममा सुचिकृत भइ आएका १२ जना सुचिकृत व्यक्तिहरुलाइ सिद्धलेक गाउँपालिका संग समन्वय गरि पैदल मार्ग स्थान छनौट पश्चात न्युनतम १०० दिन रोजगारिमा पठाइएको ।

यस वडा नं. १ भित्र गठन भएको टोल विकास समितिका पदाधिकारिहरु संग अन्तरकृया कार्यक्रम गरिएको। वडा भित्रकाजनसमुदायमा वडाका जनप्रतिनिधिहरु प्रत्यक्ष रुपमा जनतासंग भेट गरि त्याहाँ समुदायमा रहेका विविध विषयमा अन्तरकृया गरिएको ।

चा.लु आ.व मा भए गरेका विकास निर्माण कार्यहरुको नियमित रुपमा अनुगमन भैरहेको। यस सिद्धलेक गाउँपालिका १ नं. वडालाई समृद्ध वडा बनाउनका निमित्त विगत र वर्तमानका कार्यहरुको समिक्षा र भावि रणनैतिक कार्ययोजनाहरु तयार गर्नको लागि वडा नं १ भित्र रहेका सक्रिय राजनितिक दल, नागरिक समाज, विषय विज्ञ विद्यालयका प्र.अ. बुद्धिजिवि भद्रभलादमि तथा जनसमुदायहरु संग लिखित राय सल्लाह सहितको सुझाव संकलन । स्थानिय सरकार संचालन ऐन अन्तर्गत वडा बालमैत्रि व्यवस्थापन अभियान संचालन गरि वडा भित्र बालमैत्रि स्थानिय शासन युक्त घोषणा निरन्तरताका लागि यस अभियानमा सिद्धलेक गाउँपालिका संग नितिगत तथा आर्थिक सहयोगका लागि सिफारिस गर्ने ।

एच.वि ईन्फाटेक प्रा.लि.को मिति २०८०/०९/१८ चलानी नं. ०५ को प्राप्त पत्रानुसार डुम्रेखोला छापगाउँ सडक स्तरोन्नतिका क्रममा सडकका छेउछाउमा नलाङ ठुलो सामुदायिक वन र ठुलो सामुदायिक वन नलाङ भित्रका केहि थान रुखहरु पर्ने भएकाले त्यसको व्यवस्थापनको निमित्त आवस्यक सहयोगका लागि नलाङ ठुलो सामुदायिक वन, ठुलो सामुदायिक वन नलाङ र गजुरि सव डिभिजन वन कार्यालयलाइ सहजिकरणको लागि पत्राचार गरि काम अगाडि बढाइ सडक स्तरोन्नति तथा कालोपत्रेको काम सम्पन्न गरिएको ।

सिद्धलेक गाउँपालिका कृषि शाखाको कार्यक्रम अन्तर्गत२० जना कृषक हरुलाई १ दिने तरकारी तथा फलफुल TraningPurning रPost Harvest, Bordeaux Mixtures, Bordeaux Paste, Bio Pesticide थोपा सिँचाई र बायोचर सम्बन्धि र सिद्धलेक गाउँपालिका पशु विकास शाखाको कार्यक्रम अन्तर्गत ४ दिने गाईभैँसी पालन तालिममा ६ जना कृषक छनौट गरि तालिममा सहभागि गराइएको ।

राष्ट्रिय भुमि आयोग धादिङलाइ अव्यवस्थित बसोवासिहरुको छुट जग्गा नापिको लागि अमिन माग गरि तल्लो नयाँवस्ति बाट छुट जग्गा नाप जाँचको थालनि गरिएकोमा हाल संघिय र प्रदेश सरकार हेरफेरका कारण उक्त काम रोकिन बाध्य भएको ।
सिद्धलेक गाउँपालिका पशु विकास शाखाको कार्यक्रम अन्तर्गत ५०% लागत साझेदारिमा लोकल कुखुरा प्रवद्धन कार्यक्रमको लागि १जना,पंक्षी पालन व्यवसाय प्रवद्धन कार्यक्रममा १ जना, मासु प्रवद्धन कार्यक्रममा १ जना, भकारो सुधार तथा मुत्र संकलन कार्यक्रममा ५ जना, र नमुना पशुपंक्षी खोर/गोठ निर्माण कार्यक्रममा ६ जना कृषक छनौट गरि सिद्धलेक गाउँपालिका पशु शेवा शाखा मा सिफारिस गरिएकोमा नमुना पशुपंक्षी खोर/गोठ निर्माण कार्यक्रम गा.पा. बाट कटौति भएको र बाँकि कार्यक्रम कामको प्रक्रियामा रहेको ।

वडा पालिकाबाट बजेट विनियोजन गरि नागरिक संग जनप्रतिनिधि स्वास्थ्य तथा जनचेतनामुलक २ दिने स्वास्थ्य कार्यक्रम गरिएको । व्यवसायिक तथा सिप विकास केन्द्र बागमति प्रदेश हेटौँडा बाट निशुल्क संचालन हुने स्वरोजगार एंव वैदेशिक रोजगार मुलक क्षमता अविवृद्धि सम्वन्धि पलम्वरको तालिम हाल यस वडा कार्यालयको हलमा संचालनमा रहेको ।

सिद्धलेक गाउँपालिका कृषि शाखाको कार्यक्रम अन्तर्गत ५०% लागत साझेदारिमा संचालन हुने पकेट कार्यक्रममा पिपलनलाङ बहुउद्धेशिय कृषक समुहलाइ छनौट गरि सिद्धलेक गाउँपालिका कृषि शाखामा सिफारिस गरिएको उक्त शाखाबाट ७५%,५०% र पूर्ण अनुदानमा वितरण हुने कृषि यान्त्रिकरणका सामग्रिहरु ५८ जना कृषक हरुलाई वितरण गरिएको र सिद्धलेक गाउँपालिका मार्फत अनुदानमा उपलब्ध भएको ज्ञ्याविन जालि र खानेपानि पाईप मध्य ज्ञ्याविन जालि ६ जना र खानेपानि पाईप १२ जना र १ उपभोक्ता समिति फड्के खानेपानी उपभोक्ता समितिलाई वितरण गरिएको । विभिन्न विषय उपर पर्न आएका १५ वटा उजुरि निवेदनहरुको सामान्य छलफलको माध्यमबाट छलफल गराई समाधान गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नागरिकहरुको नयाँ सामाजिक सुरक्षा भत्ता लाभग्राहिमा निवेदन संकलन गरि नयाँ लाभग्राहि सुचिकृत गर्दै आइरहेको र भूमि व्यवस्था,सहकारी तथा गरिवीनिवारण मन्त्रालयबाट प्रकासित सुचना अनुसार जग्गा (नापजँच) ऐन २०१९ बमोजिमनाप नक्सा भएको तर दर्ता गर्न छुट भएका जग्गा दर्ता गर्न चाहने जग्गावालाहरुको मालपोत कार्यालय धादिङमा सिफारिस गरि ३५ दिने सार्वजनिक सुचना प्रकासित भैरहेको । वडा बाट हुने सम्पुर्ण सेवाहरु सार्वजनिक विदाका दिन वाहेक नियमितरुपमा सेवा प्रवाह भैरहेको छ

आगामि आर्थिक वर्ष २०८१/०८२ मा प्राथमिकताका हिसावले गरिने तपशिलका योजनाहरु
१. वडा नं.१ मा डुम्रेथोपल खोला दमै थुम्का लिफ्ट सिंचाई तथा बृहत खानेपानी योजना संचालन गरिने
२. कृषिमा पकेट क्षेत्र निर्धारण गरि आयआर्जन उत्पादनमा प्रोत्साहन
३. कालोपत्रे भएका सडक छेउमा हरियालि स्वच्छ वातावरण निर्माणको लागि वृक्षारोपण कार्यक्रम गरिने
४. कम्पोष्ट मलको प्रवृति अपनाउने
५. कालोपत्रे सुरु गरिएको सडकहरु क्रमागत रुपमा कालोपत्रे गर्दै जाने र बाँकि कच्ची ग्रामिण सडकहरुको समेत साथसाथै स्तरोन्नति गर्दै जाने
६. शिक्षा र स्वास्थ्यमा लगानि गरिने
७. वडा फाईल निर्माण गरिने